▣ २०८३ कात्तिक १९☀ मौसम अपडेट
f𝕏▶◎En◯
☀ मौसम अपडेट
२०८३ कात्तिक १९
⌂ गृह पृष्ठ|▤ खेल समाचार · राजनीति · समाचार · हेडलाईन

चार वडाका भूमिहीन तथा अव्यवस्थित बसोबासीको नामावली प्रमाणीकरण, लालपूर्जा वितरणको प्रक्रिया अघि बढ्यो

चार वडाका भूमिहीन तथा अव्यवस्थित बसोबासीको नामावली प्रमाणीकरण, लालपूर्जा वितरणको प्रक्रिया अघि बढ्यो
अमरज्योती डेली AI सारांश

स्थानीय तह भूमि सहजीकरण समितिको बैठकले वडा नम्बर १, ४, १४ र २२ बाट सिफारिस भई आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीको विवरण प्रमाणीकरण गरेको हो।

उपमहानगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख तथा स्थानीय तह भूमि सहजीकरण समितिका सहसंयोजक भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौला तथा सम्बन्धित वडाका वडाध्यक्षलगायतको सहभागिता थियो।

यसअघि जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर १, २, १८ र २१ का भूमिहीन तथा अव्यवस्थित बसोबासीको नामावली नगर कार्यपालिकाबाट स्वीकृत भइसकेको छ।

बारा। जीतपुरसिमरा उपमहानगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व दिलाउने प्रक्रिया अघि बढाएको छ। यसक्रममा उपमहानगरपालिकाका चार वडाका लाभग्राहीको नामावली प्रमाणीकरण गरिएको छ। स्थानीय तह भूमि सहजीकरण समितिको बैठकले वडा नम्बर १, ४, १४ र २२ बाट सिफारिस भई आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीको विवरण प्रमाणीकरण गरेको हो। प्रमाणीकरण गरिएका फाइल आवश्यक निर्णयका लागि नगर कार्यपालिकामा पेश गर्ने तयारी गरिएको छ। उपमहानगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख तथा स्थानीय तह भूमि सहजीकरण समितिका सहसंयोजक भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौला तथा सम्बन्धित वडाका वडाध्यक्षलगायतको सहभागिता थियो। लाभग्राही छनोटका क्रममा सम्बन्धित वडा कार्यालयले सात दिनको सार्वजनिक सूचना जारी गरी दाबी–विरोधको अवसर दिएको थियो। त्यसपछि वडास्तरीय भूमिहीन तथा अव्यवस्थित बसोबासी व्यवस्थापन सहजीकरण समितिबाट सिफारिस भएका नामावलीलाई वडा समितिले प्रमाणित गरेको थियो। सोही प्रक्रियाका आधारमा नगरस्तरीय समितिले विवरण प्रमाणीकरण गरेको हो। अब नगर कार्यपालिकाबाट आवश्यक निर्णय भएपछि सम्बन्धित फाइल भूमि समस्या समाधान आयोग, बारा कार्यालयमा पठाइनेछ। आयोगबाट आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि सम्बन्धित लाभग्राहीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपूर्जा) वितरण गर्ने प्रक्रिया अघि बढ्ने उपमहानगरपालिकाले जनाएको छ। यसअघि जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर १, २, १८ र २१ का भूमिहीन तथा अव्यवस्थित बसोबासीको नामावली नगर कार्यपालिकाबाट स्वीकृत भइसकेको छ। ती वडासम्बन्धी फाइल भूमि समस्या समाधान आयोग, बारा कार्यालयमा पठाइसकिएको उपमहानगरपालिकाले जनाएको छ। नयाँ चार वडाको नामावलीसमेत प्रक्रियामा प्रवेश गरेसँगै जीतपुरसिमरामा लामो समयदेखि जग्गाको स्वामित्व प्रमाणपत्रको प्रतीक्षामा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीका लागि लालपूर्जा प्राप्त गर्ने प्रक्रिया अघि बढेको छ।

चार वडाका भूमिहीन तथा अव्यवस्थित बसोबासीको नामावली प्रमाणीकरण, लालपूर्जा वितरणको प्रक्रिया अघि बढ्यो

टिप्पणी (0)