▣ २०८३ कात्तिक १९☀ मौसम अपडेट
f𝕏▶◎En◯
☀ मौसम अपडेट
२०८३ कात्तिक १९
⌂ गृह पृष्ठ|▤ मनोरंजन · हेडलाईन

भारतीय गायिका कल्पना पटवारीको स्वरमा छठ गीत ‘करीले परबिया’ सार्वजनिक

भारतीय गायिका कल्पना पटवारीको स्वरमा छठ गीत ‘करीले परबिया’ सार्वजनिक
अमरज्योती डेली AI सारांश

आउँदो छठपर्वलाई लक्षित गर्दै प्रसिद्ध भारतीय गायिका कल्पना पटवारीको स्वरमा सजिएको भोजपुरी छठ गीत ‘करीले परबिया’ सार्वजनिक गरिएको छ।

गीत सार्वजनिकपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले गीतको निर्माण, प्रस्तुति र कलाकारहरूको प्रशंसा गर्दै मधेशको धर्म, संस्कृति तथा परम्परालाई गीत–संगीतमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन गरिएको प्रयास सराहनीय रहेको बताए।

‘करीले परबिया’ले छठपर्वको धार्मिक महत्त्वसँगै मिथिलाको मौलिक संस्कृति, जनकपुरधामका धार्मिक सम्पदा र मधेशका कलाकारहरूको प्रतिभालाई एउटै प्रस्तुतिमा जोड्ने प्रयास गरेको छ।

जनकपुरधाम । आउँदो छठपर्वलाई लक्षित गर्दै प्रसिद्ध भारतीय गायिका कल्पना पटवारीको स्वरमा सजिएको भोजपुरी छठ गीत ‘करीले परबिया’ सार्वजनिक गरिएको छ। मिथिलाको धार्मिक तथा सांस्कृतिक परम्परा, छठपर्वको महिमा र मधेश प्रदेशको पहिचानलाई समेटेर तयार गरिएको गीतमा मधेशकै कलाकार तथा जनकपुरधामका प्रसिद्ध धार्मिक स्थलहरूलाई समेटिएको छ।

भारतीय गायिका कल्पना पटवारीको स्वरमा छठ गीत ‘करीले परबिया’ सार्वजनिक

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा मंगलबार साँझ गीत सार्वजनिक गरिएको हो। फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापाले निर्माण गरेको गीत उडान इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीत सार्वजनिकपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले गीतको निर्माण, प्रस्तुति र कलाकारहरूको प्रशंसा गर्दै मधेशको धर्म, संस्कृति तथा परम्परालाई गीत–संगीतमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन गरिएको प्रयास सराहनीय रहेको बताए। मधेश प्रदेशमा यस स्तरको गीत निर्माण भएकोमा आफूलाई गर्व लागेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्तै गीत–संगीत तथा चलचित्र निर्माणलाई निरन्तरता दिन निर्माता र कलाकारहरूलाई आग्रह गरे।

उनले मधेश प्रदेश सरकार कला, संस्कृति, कलाकार तथा धार्मिक सम्पदाको प्रवर्द्धनका लागि सदैव साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गरे।

सार्वजनिक गीतमा छठपर्वका अवसरमा श्रद्धालुले गर्ने पूजापाठ, व्रत, सूर्यदेव तथा छठी माताको आराधना र विभिन्न धार्मिक विधिलाई भिडियोमार्फत प्रस्तुत गरिएको छ। गीतको छायांकन जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिर, राजदेवी मन्दिर तथा ऐतिहासिक गंगासागर सरोवरमा गरिएको हो। यसले जनकपुरधामको धार्मिक पर्यटन र मिथिलाको सांस्कृतिक पहिचानलाई समेत उजागर गर्ने अपेक्षा गरिएको छ।

गीतमा शिव साजनको शब्द तथा संगीत रहेको छ भने शिशिर पाण्डेले संगीत संयोजन गरेका छन्। अनिल बागीले मिक्सिङ तथा मास्टरिङ गरेका छन्। गीतको भिडियोमा शर्मिला थापा, निभा यादव, इन्जिनियर सिमरन साह, अमृता साह र सिमरन सोनीले अभिनय गरेका छन्।

कमलेश सिंह (काम ली)को निर्देशनमा तयार भएको भिडियो उडान प्रोडक्सन्सले निर्माण गरेको हो। भिडियोको छायांकन साजन ठाकुरले गरेका छन् भने ड्रोन सञ्चालन सञ्जय कुशवाहाले गरेका छन्।

कार्यक्रममा उडान इन्टरटेनमेन्टकी सञ्चालक तथा गीतकी मुख्य पात्र शर्मिला थापाले मिथिलाको धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन आफ्नो प्राथमिकतामा रहेको बताइन्। उनले सामाजिक सद्भाव र आपसी सम्मान कायम राख्न सबै धर्म तथा चाडपर्वको सम्मान आवश्यक रहेको उल्लेख गर्दै गीत–संगीत र चलचित्रका माध्यमबाट मिथिलाको सभ्यता तथा परम्परालाई थप परिचित गराउने प्रयास जारी राख्ने बताइन्।

थापाले आगामी दिनमा पनि यस्ता सांस्कृतिक सिर्जनालाई निरन्तरता दिने जानकारी दिँदै छोरीहरूप्रति समर्पित आफूहरूले निर्माण गरेको चलचित्र ‘मायाजाल’ केही दिनपछि प्रदर्शनमा आउने बताइन्। उनले निर्माण गरेको नेपाली चलचित्र ‘आशा’ आगामी माघेसंक्रान्तिमा प्रदर्शन गर्ने तयारी रहेको पनि जानकारी दिइन्।

भारतीय गायिका कल्पना पटवारी भोजपुरीसहित हिन्दी, मराठी र बंगाली भाषाका गीतहरूमा स्वर दिँदै आएकी चर्चित गायिका हुन्। ‘बिल्लु भयङ्कर’, ‘तेरे लाई’, ‘उचा लम्बा कद’, ‘इश्कसे मिठा’, ‘शकिरा’, ‘ऐला रे ऐला’ र ‘गन्दी बात’ लगायतका गीतबाट परिचित पटवारी पछिल्लो समय धार्मिक तथा सांस्कृतिक गीतहरूमा समेत सक्रिय छिन्।

‘करीले परबिया’ले छठपर्वको धार्मिक महत्त्वसँगै मिथिलाको मौलिक संस्कृति, जनकपुरधामका धार्मिक सम्पदा र मधेशका कलाकारहरूको प्रतिभालाई एउटै प्रस्तुतिमा जोड्ने प्रयास गरेको छ।

टिप्पणी (0)